Popular Posts

Wednesday, 22 July 2009

मृत्‍युले पो अङाल्ने हो कि काली ?


खुशीयालिको रमझम
मदिरा र संगीतको मिलन
साथमा,
सयौ परीचित् र अपरिचित मुहारहरुको भिड माझमा
कतै आँफै सँगइ यो काले लाई पनि बिर्सेंयौकी काली ?

प्रकृतिको त्यो सुन्दर काखमा,
आफ्न्तको न्यान्यो अन्गालोमा
यो काले सँग गरेको बाचा कसमहरु भुलेयौ कि त काली ?

नचाहेरै कती सँग नजर तिम्रा जुधे होला,
बेहोसिमा लजाउदै परेली तिम्रा झुकेहोला
त्यो आँखाको नानी माझमा
अरु कसैलाई पो सजायौ कि काली ?

गुलबी ओठहरु फरफराउदै,
सुमधुर बाणीहरु निक्लिए होला तिम्रा आधर बाट
संगीतको मधुर धुनमा कम्मर् पनि मर्किए होला
उमङगको माझ,
तिमीसङै कम्मर् मर्काइ मर्काइ नाच्ने मेरा रहर
कतै अधुरै पो हुने हो कि काली ?

सुनेको थिए,
बिहेको मन्डपमा निकै मुस्काउदै थियौ रे
दुलाहा र दुलाहिको माझमा,
खै के के गुनगुनाउदै थियौ रे पन्चै बाजाको सुरमा
तेस्तै सुन्दर मन्डपमा
तिम्रो दुलाहा बन्ने मेरो रहर,
रहरै पो बन्ने हो कि काली ?

कुर्दा कुर्दैइ प्रतिक्षाको घडीहरु लम्बिन लागे
सेकेन्ड,मिनेट,घन् टा,दिन गर्दैइ
जीवननै मिलनको आसामा बितन लागे,
त्यो सुखद मिलनको पल आउनु अगाबै
मृत्‍युले पो अङाल्ने हो कि काली ?