चाहानहरु अझै पनि बशन्तमा उजाडियको पोथ्रामा फेरी नया पालुवा पलाए जस्तै पलाउने थिए होला, रहरहरु फेरी मखमली फुलहरु घर्, आगन्, बगैचामा फुले जस्तै फुल्ने थिए होला । यदी तिमी मलाई भेटन आउने सोच मात्रै तिम्रो मनमा आउन सकेको भए । तर मलाई थाहा छ न त तिमी कहिले मलाई भेट्न आउने छौ न त कहिले तिम्रो मनमा यस्ता भाबानहरुनै अउनेछ ।
सानो छदा सुनेको परिको कथा जस्तै सेतो घोडामा, हीउ जस्तो सेतो पहिरनमा आउछिन रे हिमशृखला जस्तै सेता उनका दातहरु मोती जस्तै चम्कियका हुन्छन रे । हावाका मधुर झोक्काले हल्का उडाइ रहेका उन्को लामो कपाल छहरा बाट तल सतहमा पुग्नलाई आतुर पानीका प्रतेक थोपा जस्तै हुन रे । निलमणी जस्तै निला उनका निला नयनहरु हुन्थे रे,भर्खरै फक्रदै गरेको गुलब जस्तै अधर। हावाका मधुर बहाबहरुले पातहरु हलिदा निस्केका मधुर संगीतहरुले सरा बाताबरण सुमधुर हुन्थ्यो रे । स्वर्गको अनुभुती हुन्थ्यो रे त्यहाँ । उनिलाई देखनेहरु कुनै जदुगरले जादु गरे जस्तै मन्त्रमुग्द भएर उनिलाई हेरिरह्न्थे रे । खुबै रमाइलो लाग्थ्यो मलाई परिको त्यो कथा निस्चएनै ति शब्दहरु मात्रै थिए मैले सुनेको परिको कथा ।
कथा सुन्दै जादा म पनि जादुगरले जादु गरे जस्तै सपनाको तेही सुनौलो संसारमा तेही परिलाई हेर्दै निदाउथे । सदैब मनमा तेही परिलाई हेर्ने रहरहरु ताजै रहिरहे । सदैब तेही परिको कथा सुनाउने त कोही थिएन हररातहरुमा तेही परिको कल्पना डुब्दा डुब्दै कल्पनाको तेही सुन्दर धरातलमा आफुलाई हराउदै जीवनका कयौन बशन्तहरु उकालिहरु, ओरालिहरु,अनी सयौ जङारहरु तरे । धेरै आफ्न्तहरु पराइ देखे अनि कयौन पराइहरु आफ्नो देखे ।
जीवन ज्योती निभदै गर्दा बाच्ने रहरहरु सकिनइ लाग्दा दुर गगन तिम्रो अस्पस्ट अनि धमिलो अनुहार देखेको थिए । जती तिमी नजिक हुँदै आयौ तिम्रो मुहार तेही कथाकी परी सँगइ हुबहु मिल्दै गयो । म देख्दै थिए क्षितिजमा तिमी आफ्नो हातहरु मेरो सामु बडाउदै थियौ,बेहोसी भैसकेको थिए । पागल भैसकेको थिए, तिम्रो समिपता पाउने खुशीले ।मैले भुलिसके को थिए, म र क्षितिजको बिचको दुरी कती छ भनेर । अनायासै तिमीले हात छोडिदियौ म यथार्थको धरातलमा आइ पुगे जहाँ म एक्लो अनि नितान्त एक्लो थिए। तिमी तेही परिहौ जस्लाई म सपनमा देखन सक्छु,तिमी सँगइ हस्न सक्छु अनि रमाउन सक्छु ।
तर यथार्थको दुनियामा तिमीलाई सायद कहिले देख्नन पाउने छैन । किनकी तिमी तेही कथाकी परिहौ जुन मिठो सपना लागि मात्रै सुनाउने गरिन्छ। तेसैले तिमी कहिले आउने छैनउ मलाई भेट्न यो स्वर्थी संसारमा ।