Popular Posts

Wednesday 2 September 2009

यो मेरो दिलको दरबार काली !!!


हजारौ आकृतिहरुको भिडमा
आँफैलाई चिन्नसकिनौ काली
परिबर्तित् यो समय संगै
आँफै कती बेला परिवर्तन
भयौ थाहै पाएनौ काली!

न त थियौ तिमी स्वर्गकी परी
न त सृस्‍टिकै शुन्दर् रचना
सफा हिर्दय भएकी तिमी थियौ
केबल मेरी मनकी रानी काली !!

हिजो राती सपनीमा हाँस्दै थियौ
दन्तै लहर खोली,
आफ्नै छाया संग रमाउदै नाच्दै थियौ
मेरो दिलको मझेरीमा मनाउदै होली,

आज फेरी,
कसरी अपरिचित भयो तिमिलाई
यो मेरो दिलको दरबार काली !!!

No comments:

Post a Comment