Popular Posts

Saturday 18 June 2011

यो कस्तो जिन्दगी ?

पुर्णिमाको रातमा पनि बिरक्तियको मन लिएर
मन भित्रका बेदनालाई मन भित्रै गुम्साएर
ओठमा मुस्कान लाउनु पर्ने यो कस्तो जिन्दगी ?
बाध्येता को जन्जिरमा सास फेर्नई गारो हुने गरि जकडिएर
मिर्तुको चाहाना राखे पनि
निसासिदै बाच्नु पर्ने यो कस्तो जिन्दगी ?
आसिमित चाहनाका धारहरुलाई
आँसु का प्रतेयक थोपाले रोक्दै
कुडियको मन अमिलो बनाएर
कृतिम मुस्कान ओठमा लायौनु पर्ने
उफ् ! यो कस्तो जिन्दगी ?

Wednesday 5 January 2011

आज भोलि खै किन यस्तो लाग्छ

आज भोलि खै किन यस्तो लाग्छ
बिहानीको शीतले पनि पोले जस्तो लाग्छ
चड्दै छु सफलताको शिखरहरु दिन प्रतिदिन
तर पनि
सतहमै उभिएझै लाग्छ
लाखौको भिडमा आफुलाई एक्लो लाग्छ
देखि रहेछु
क्षितिजमा लाली प्रभात छाई सक्यो
उषाका प्रतेक किरणले धर्तीलाई चुमिसक्यो
तर पनि
चादनी रातको नसा अझै छाए जस्तो लाग्छ
आज भोलि खै किन
गुलाबी तिम्रा ति ओठ चुम्दै
मिर्ग नयेनि ति तिम्रा नजरहरुमा
आफुलाई बिलाउदै
यो जीवन बिताउन मन लाग्छ