मरुभुमी मा उडेको बालुवाको कण रहेछु म
मन्दिर्,मस्जिद अनि चर्चको भित्तामा रम्न सकिन ।
बशन्तमा रुख बाट छुटिएर उडदै गरेको पात
रहेछु म,
चाहेर पनि कसैलाई छाहरि दिन सकिन ।
आफुले आँफैलाई निहाली हेरे आज
म त भित्र भित्रै खोक्रो अनि रित्तो भैसकेछु,
चाहेर पनि कसैको आत्मिय मित्र बन्न सकिन ।
सोचेको थिय मेरा बचेँका थोरै खुशीहरु सँग,
उस्का पिडाहरु सट्नेछु
तर बिडम्बना,
मेरा थोत्रीएका खुशीहरुको कुनै अस्तित्त्वो नै रहेनछ।
उस्को गलाको पासो बनेर
यो निरस जीवन अब जीउन चाहन्न ।
खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न
Popular Posts
-
खुशीयालिको रमझम मदिरा र संगीतको मिलन साथमा, सयौ परीचित् र अपरिचित मुहारहरुको भिड माझमा कतै आँफै सँगइ यो काले लाई पनि बिर्सेंयौकी काली ? प्रक...
-
चाहानहरु अझै पनि बशन्तमा उजाडियको पोथ्रामा फेरी नया पालुवा पलाए जस्तै पलाउने थिए होला, रहरहरु फेरी मखमली फुलहरु घर्, आगन्, बगैचामा ...
-
मरुभुमी मा उडेको बालुवाको कण रहेछु म मन्दिर्,मस्जिद अनि चर्चको भित्तामा रम्न सकिन । बशन्तमा रुख बाट छुटिएर उडदै गरेको पात रहेछु म, चाहेर पनि...
-
BMW Brings Me Women FIAT Failure in Italian Automotive Technology FORD For Only Rough Drivers HYUND...
-
सम्झनाका छालहरुमा आफैलाई बगाई दुखलाई भुलौने प्रयास गर्छु , यो परदेशमा आशु संगै रमाउने प्रयास गर्छु l याद आउछ जब गाउघर र आफन्तको तब आखा चि...
-
तिमी त खुशी हौली अरु कसैको आङालोमा म त मृत्यु सँग संघर्श गर्दैइ छु यहाँ, बिरानो भुमिमा! साथ छुट्यो आस छुट्यो निभ्यो जीवन ज्योति मृत्यु भन्...
Thursday 29 October 2009
Sunday 18 October 2009
Wednesday 16 September 2009
तिमी कहिले आउने छैनउ मलाई भेट्न यो स्वर्थी संसारमा
चाहानहरु अझै पनि बशन्तमा उजाडियको पोथ्रामा फेरी नया पालुवा पलाए जस्तै पलाउने थिए होला, रहरहरु फेरी मखमली फुलहरु घर्, आगन्, बगैचामा फुले जस्तै फुल्ने थिए होला । यदी तिमी मलाई भेटन आउने सोच मात्रै तिम्रो मनमा आउन सकेको भए । तर मलाई थाहा छ न त तिमी कहिले मलाई भेट्न आउने छौ न त कहिले तिम्रो मनमा यस्ता भाबानहरुनै अउनेछ ।
सानो छदा सुनेको परिको कथा जस्तै सेतो घोडामा, हीउ जस्तो सेतो पहिरनमा आउछिन रे हिमशृखला जस्तै सेता उनका दातहरु मोती जस्तै चम्कियका हुन्छन रे । हावाका मधुर झोक्काले हल्का उडाइ रहेका उन्को लामो कपाल छहरा बाट तल सतहमा पुग्नलाई आतुर पानीका प्रतेक थोपा जस्तै हुन रे । निलमणी जस्तै निला उनका निला नयनहरु हुन्थे रे,भर्खरै फक्रदै गरेको गुलब जस्तै अधर। हावाका मधुर बहाबहरुले पातहरु हलिदा निस्केका मधुर संगीतहरुले सरा बाताबरण सुमधुर हुन्थ्यो रे । स्वर्गको अनुभुती हुन्थ्यो रे त्यहाँ । उनिलाई देखनेहरु कुनै जदुगरले जादु गरे जस्तै मन्त्रमुग्द भएर उनिलाई हेरिरह्न्थे रे । खुबै रमाइलो लाग्थ्यो मलाई परिको त्यो कथा निस्चएनै ति शब्दहरु मात्रै थिए मैले सुनेको परिको कथा ।
कथा सुन्दै जादा म पनि जादुगरले जादु गरे जस्तै सपनाको तेही सुनौलो संसारमा तेही परिलाई हेर्दै निदाउथे । सदैब मनमा तेही परिलाई हेर्ने रहरहरु ताजै रहिरहे । सदैब तेही परिको कथा सुनाउने त कोही थिएन हररातहरुमा तेही परिको कल्पना डुब्दा डुब्दै कल्पनाको तेही सुन्दर धरातलमा आफुलाई हराउदै जीवनका कयौन बशन्तहरु उकालिहरु, ओरालिहरु,अनी सयौ जङारहरु तरे । धेरै आफ्न्तहरु पराइ देखे अनि कयौन पराइहरु आफ्नो देखे ।
जीवन ज्योती निभदै गर्दा बाच्ने रहरहरु सकिनइ लाग्दा दुर गगन तिम्रो अस्पस्ट अनि धमिलो अनुहार देखेको थिए । जती तिमी नजिक हुँदै आयौ तिम्रो मुहार तेही कथाकी परी सँगइ हुबहु मिल्दै गयो । म देख्दै थिए क्षितिजमा तिमी आफ्नो हातहरु मेरो सामु बडाउदै थियौ,बेहोसी भैसकेको थिए । पागल भैसकेको थिए, तिम्रो समिपता पाउने खुशीले ।मैले भुलिसके को थिए, म र क्षितिजको बिचको दुरी कती छ भनेर । अनायासै तिमीले हात छोडिदियौ म यथार्थको धरातलमा आइ पुगे जहाँ म एक्लो अनि नितान्त एक्लो थिए। तिमी तेही परिहौ जस्लाई म सपनमा देखन सक्छु,तिमी सँगइ हस्न सक्छु अनि रमाउन सक्छु ।
तर यथार्थको दुनियामा तिमीलाई सायद कहिले देख्नन पाउने छैन । किनकी तिमी तेही कथाकी परिहौ जुन मिठो सपना लागि मात्रै सुनाउने गरिन्छ। तेसैले तिमी कहिले आउने छैनउ मलाई भेट्न यो स्वर्थी संसारमा ।
Tuesday 8 September 2009
तिम्रो आत्मियता पाउने आशमा
धर्तीको धुलो म
आकाशको जुन सँगइ रमाउने गल्ती गरेछु
म त खेलौना तिम्रो
चहेको बेलामा खेल
नचाहे फलिदेऔ
तिम्रो आत्मियता पाउने आशमा
आफ्नो अस्तिव भुलेछु
कठपुतली बनिसकेछु म
तिम्रो तिरस्कार अनी घिर्णा
लाचर बनी शहनु बाहेक
बिद्रोह गर्नु सकिन
सजाय त मैले पाउनै पर्छ
सपना सजाउनाले
तिम्रो हरेक खेलमा
शाहअभागीता जनाउनाले
शाहअभागीता जनाउनाले
Monday 7 September 2009
तिमी त खुशी हौली अरु कसैको आङालोमा
Wednesday 2 September 2009
यो मेरो दिलको दरबार काली !!!
हजारौ आकृतिहरुको भिडमा
आँफैलाई चिन्नसकिनौ काली
परिबर्तित् यो समय संगै
आँफै कती बेला परिवर्तन
भयौ थाहै पाएनौ काली!
न त थियौ तिमी स्वर्गकी परी
न त सृस्टिकै शुन्दर् रचना
सफा हिर्दय भएकी तिमी थियौ
केबल मेरी मनकी रानी काली !!
हिजो राती सपनीमा हाँस्दै थियौ
दन्तै लहर खोली,
आफ्नै छाया संग रमाउदै नाच्दै थियौ
मेरो दिलको मझेरीमा मनाउदै होली,
आज फेरी,
कसरी अपरिचित भयो तिमिलाई
यो मेरो दिलको दरबार काली !!!
Wednesday 12 August 2009
Wednesday 22 July 2009
मृत्युले पो अङाल्ने हो कि काली ?
खुशीयालिको रमझम
मदिरा र संगीतको मिलन
साथमा,
सयौ परीचित् र अपरिचित मुहारहरुको भिड माझमा
कतै आँफै सँगइ यो काले लाई पनि बिर्सेंयौकी काली ?
प्रकृतिको त्यो सुन्दर काखमा,
आफ्न्तको न्यान्यो अन्गालोमा
यो काले सँग गरेको बाचा कसमहरु भुलेयौ कि त काली ?
नचाहेरै कती सँग नजर तिम्रा जुधे होला,
बेहोसिमा लजाउदै परेली तिम्रा झुकेहोला
त्यो आँखाको नानी माझमा
अरु कसैलाई पो सजायौ कि काली ?
गुलबी ओठहरु फरफराउदै,
सुमधुर बाणीहरु निक्लिए होला तिम्रा आधर बाट
संगीतको मधुर धुनमा कम्मर् पनि मर्किए होला
उमङगको माझ,
तिमीसङै कम्मर् मर्काइ मर्काइ नाच्ने मेरा रहर
कतै अधुरै पो हुने हो कि काली ?
सुनेको थिए,
बिहेको मन्डपमा निकै मुस्काउदै थियौ रे
दुलाहा र दुलाहिको माझमा,
खै के के गुनगुनाउदै थियौ रे पन्चै बाजाको सुरमा
तेस्तै सुन्दर मन्डपमा
तिम्रो दुलाहा बन्ने मेरो रहर,
रहरै पो बन्ने हो कि काली ?
कुर्दा कुर्दैइ प्रतिक्षाको घडीहरु लम्बिन लागे
सेकेन्ड,मिनेट,घन् टा,दिन गर्दैइ
जीवननै मिलनको आसामा बितन लागे,
त्यो सुखद मिलनको पल आउनु अगाबै
मृत्युले पो अङाल्ने हो कि काली ?
Subscribe to:
Posts (Atom)