Popular Posts

Thursday 29 October 2009

खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न

मरुभुमी मा उडेको बालुवाको कण रहेछु म
मन्दिर्,मस्जिद अनि चर्चको भित्तामा रम्न सकिन ।
बशन्तमा रुख बाट छुटिएर उडदै गरेको पात
रहेछु म,
चाहेर पनि कसैलाई छाहरि दिन सकिन ।
आफुले आँफैलाई निहाली हेरे आज
म त भित्र भित्रै खोक्रो अनि रित्तो भैसकेछु,
चाहेर पनि कसैको आत्मिय मित्र बन्न सकिन ।
सोचेको थिय मेरा बचेँका थोरै खुशीहरु सँग,
उस्का पिडाहरु सट्नेछु
तर बिडम्बना,
मेरा थोत्रीएका खुशीहरुको कुनै अस्तित्त्वो नै रहेनछ।
उस्को गलाको पासो बनेर
यो निरस जीवन अब जीउन चाहन्न ।
खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न

No comments:

Post a Comment