आज भोलि खै किन यस्तो लाग्छ
बिहानीको शीतले पनि पोले जस्तो लाग्छ
चड्दै छु सफलताको शिखरहरु दिन प्रतिदिन
तर पनि
सतहमै उभिएझै लाग्छ
लाखौको भिडमा आफुलाई एक्लो लाग्छ
देखि रहेछु
क्षितिजमा लाली प्रभात छाई सक्यो
उषाका प्रतेक किरणले धर्तीलाई चुमिसक्यो
तर पनि
चादनी रातको नसा अझै छाए जस्तो लाग्छ
आज भोलि खै किन
गुलाबी तिम्रा ति ओठ चुम्दै
मिर्ग नयेनि ति तिम्रा नजरहरुमा
आफुलाई बिलाउदै
यो जीवन बिताउन मन लाग्छ
No comments:
Post a Comment