Popular Posts

Tuesday 3 November 2015

बद्लियौ तिमी कि म ? आउ सँगइ बसी ऐना हेरौ आज
घात कस्ले गर्‍यो मायामा ? आउ सँगइ बसी री प्ले हेरौ आज
बाजी कस्ले मार्यो ? हार कस्को भयो ? दुइ आत्मा एकै हुँदा
पुराना ति तस्बिर पत्र सबै सँगइ बसी फेरी खोलौ आज
सँगइ जीउने मर्ने सपना आज पराइ सँगइ देक्छौ तिमी
पानीमा औंला चोपी खायको कसम पशुपतिनाथ लाई सोधौ आज
मेरो हार मा ताली तिमी बजौ तिम्रो जीतको खुशीमा मै नाचुला
छुरी कस्ले रोप्यो पछाडी बाट कोमल मुटुमा स्वय़म्भुमा गै सोधौ आज 

Saturday 5 January 2013

अनिस्चित गन्तब्यका पाइलाहरु मसान् घाट् तिर चाल्दै छु अनिर्णित बन्दी मनलाई सम्हाल्दै मुक्ति दिदै छु जती जालौनु छ जलाउ तिम्रो खुसिमा जल्न तयार छु मेरो चिताको तातोमा तिमी आगो तापि रमायेको हेर्न चाहन्छु पल पल तड्पाउने अब त्यो क्षेणलाई बिर्सन चाहन्छु भो चाँहीदैन तिम्रो साथ एक्लाई अब म मर्न चाहन्छु

Saturday 18 June 2011

यो कस्तो जिन्दगी ?

पुर्णिमाको रातमा पनि बिरक्तियको मन लिएर
मन भित्रका बेदनालाई मन भित्रै गुम्साएर
ओठमा मुस्कान लाउनु पर्ने यो कस्तो जिन्दगी ?
बाध्येता को जन्जिरमा सास फेर्नई गारो हुने गरि जकडिएर
मिर्तुको चाहाना राखे पनि
निसासिदै बाच्नु पर्ने यो कस्तो जिन्दगी ?
आसिमित चाहनाका धारहरुलाई
आँसु का प्रतेयक थोपाले रोक्दै
कुडियको मन अमिलो बनाएर
कृतिम मुस्कान ओठमा लायौनु पर्ने
उफ् ! यो कस्तो जिन्दगी ?

Wednesday 5 January 2011

आज भोलि खै किन यस्तो लाग्छ

आज भोलि खै किन यस्तो लाग्छ
बिहानीको शीतले पनि पोले जस्तो लाग्छ
चड्दै छु सफलताको शिखरहरु दिन प्रतिदिन
तर पनि
सतहमै उभिएझै लाग्छ
लाखौको भिडमा आफुलाई एक्लो लाग्छ
देखि रहेछु
क्षितिजमा लाली प्रभात छाई सक्यो
उषाका प्रतेक किरणले धर्तीलाई चुमिसक्यो
तर पनि
चादनी रातको नसा अझै छाए जस्तो लाग्छ
आज भोलि खै किन
गुलाबी तिम्रा ति ओठ चुम्दै
मिर्ग नयेनि ति तिम्रा नजरहरुमा
आफुलाई बिलाउदै
यो जीवन बिताउन मन लाग्छ

Friday 21 May 2010

जीवन अब नर्क बन्दै गरेको देक्छु l

सम्झनाका छालहरुमा आफैलाई बगाई
दुखलाई भुलौने प्रयास गर्छु ,
यो परदेशमा आशु संगै रमाउने प्रयास गर्छु l
याद आउछ जब गाउघर र आफन्तको
तब आखा चिम्लिंछु ,

देक्छु सामुने सबैलाई
खुसीमाँ दुई थोपा आशु बागौछु l
जब आखा खोल्छु,
सबै तिर बालुवाको थुप्रो देक्छु l
अनि,
जीवन अब नर्क बन्दै गरेको देक्छु l

Thursday 29 October 2009

खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न

मरुभुमी मा उडेको बालुवाको कण रहेछु म
मन्दिर्,मस्जिद अनि चर्चको भित्तामा रम्न सकिन ।
बशन्तमा रुख बाट छुटिएर उडदै गरेको पात
रहेछु म,
चाहेर पनि कसैलाई छाहरि दिन सकिन ।
आफुले आँफैलाई निहाली हेरे आज
म त भित्र भित्रै खोक्रो अनि रित्तो भैसकेछु,
चाहेर पनि कसैको आत्मिय मित्र बन्न सकिन ।
सोचेको थिय मेरा बचेँका थोरै खुशीहरु सँग,
उस्का पिडाहरु सट्नेछु
तर बिडम्बना,
मेरा थोत्रीएका खुशीहरुको कुनै अस्तित्त्वो नै रहेनछ।
उस्को गलाको पासो बनेर
यो निरस जीवन अब जीउन चाहन्न ।
खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न